सिलगढी: सिलगढीका मेयरको फेसबुक पेज ह्याक भएकोबारे साइबर क्राइम पुलिसमा अभियोग दर्ता गरिएको छ। मेयर गौतम देवको फेसबुकमा एउटा भेरिफाइड पेज छ, जहाँ तिनले आफ्नो विभिन्न कार्यक्रमहरूको फोटो र भीडियो पोस्ट गर्ने गर्दछन्। यस पेजमा लाइभ बसेर तिनले सहरवासीहरूलाई सम्बोधन गर्ने गर्दछन्। सोही पेज ह्याक गरिएको आरोप रहेको छ। यस वर्षको सबै फोटो र भीडियो पेजबाट डिलीट गरिदिएको छ। यस पेजमा २०२२-को केही फोटो तथा भीडियोहरू छ। मेयर गौतम देवले पेजमा केही समस्या भएको बताए। कसैले योजना बनाएर उनको पेज ह्याक गरेको छ। उनले यसबारे फेसबुकका अधिकारीसँग पनि सम्पर्क गरेका छन्।