शहिद लाडुप तामाङको शहिद वेदी उद्घाटन गरिने

SAH-1024x461.jpg

मिरिक: मणिपुरको नोनी जिल्लाको भयवाह पैह्रोको चपेटमा परेर गत २९ जुन २०२२ को राति शहिद भएका सुकेपोखरी खण्डको मगरजोङ्ग शंखमान गाउँ निवासी शहिद लाडुप तामाङको स्मृतिमा राङभाङ तामाकोसी पर्यटन स्थल परिसरमा शहिद वेदी निर्माण कार्य धमाधम भइरहेको छ। आगामी २९ जुन २०२३ को दिन शहिद लाडुप तामाङको पहिलो पुण्यतिथिमा सो शहिद वेदीको विधिवत रुपमा अनि सैनिक सम्मानको साथ वेदीको उद्घाटन अनि शहिद सम्मान कार्यक्रम सम्पन्न गरिने परिवार पक्षमा रबिन तामाङले जानकारी गराएका छन्। यस वर्ष सैनिक सम्मानको साथमा सो निर्मित शहिद वेदीको उद्घाटन अनि शहिद सम्मान कार्यक्रम गरे वापत आउँदो वर्षदेखि वर्षेनी शहिद लाडुपको पुण्यतिथिमा सम्मान सहित तिनको सम्झनामा विधिवत माल्यार्पण अनि कार्यक्रम गरिने जानकारी गराएका छन्। सार्वजनिक स्थलमा निर्मित उक्त सहिद वेदीको संरक्षण सबैले गरिदिने तिनले आह्वान पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement