राजगञ्जमा व्यक्तिलाई कुटेर मारेको आरोपमा दुईजना पक्राउ

Capture4-13.png

राजगञ्ज: राजगञ्जमा एकजना व्यक्तिलाई कुटेर मारेको आरोपमा पुलिसले दुईजनालाई पक्राउ गरेको छ। पक्राउपछि आज तिनीहरुलाई जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरुमा २८ वर्षीय विनोद कारोया र २४ वर्षीय अतोयारी कारोया लोग्ने स्वास्नी हुन्। घटनाक्रम अनुसार हिजो बिहान माझियाली अञ्चलको पावनीखारी इलाकामा ३५ वर्षीय लक्ष्मीराम हेमब्रमको मृतदेह उद्धार भएको थियो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार इलाकाको एउटी महिलासित लक्ष्मीरामको अवैध सम्बन्ध रहेको थियो। गत सोमबार राति तिनी सो महिलाको घरमा पसेपछि लोग्ने-स्वास्नी मिलेर तिनलाई कुटपीट गरेको आरोप छ। यसपछि हिजो बिहान खुल्ला ठाउँमा तिनको मृतदेह उद्धार भएको थियो। यस घटनापछि मृतक व्यक्तिको भाइले हिजो राजगञ्ज थानामा दुईजनाविरुद्ध अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले लोग्ने-स्वास्नीलाई पक्राउ गरेको हो। आरोपी विनोदले बताएअनुसार गत सोमबार राति लक्ष्मीराम मातेको अवस्थामा घरमा आएर स्वास्नीसित अभद्र व्यवहार गर्ने प्रयास गर्दा आत्मरक्षाको लागि सो व्यक्तिलाई लट्ठीले हिर्काएका थियौँ। घटनाको जाँच शुरू गरेको राजगञ्ज थाना पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement