अन्तर्राष्ट्रिय योग दिवसमा मानव उत्थान सेवा समिति खरसाङद्वारा योग प्रशिक्षण शिविरको आयोजना

IMG-20230621-WA0319.jpg

खरसाङ: अन्तर्राष्ट्रिय योग दिवसमा मानव उत्थान सेवा समिति खरसाङद्वारा योग प्रशिक्षण शिविरको आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सद्गुरुदेव श्री महाराज जीको प्रेरणा द्वारा मानव उत्थान सेवा समिति, खरसाङ शाखाले बिहान ८ बजेदेखि समितिको श्री हंस ज्ञानबोध आश्रम भवनमा योग प्रशिक्षण शिविरको आयोजना गरिएको थियो। खरसाङ तहशिल प्रभारी महात्मा सुष्मा बाईजीले श्री गुरु महाराजजीको तस्वीर अघि दीप प्रज्ज्वलन गरी शिविरको शुभारम्भ गरिन्। उक्त शिविरमा योग प्रशिक्षिका प्रमिला छेत्रीले समितिका सदस्यगण, युवा प्रकोष्ट, मानव सेवा दल अनि कार्यकर्ताहरुलाई योगबारे प्रशिक्षण दिएका थिए। तीनचोटि ओमकारको ध्वनि उच्चारण गरेर योगा शुरू गरेपछि योगका नियम, सुक्ष्म योग अनि विभिन्न आसनहरुको उपयोगिता अनि लाभबारे विस्तृत रुपमा जानकारी दिइन्।

कार्यक्रममा महात्मा श्री सुष्मा बाईजीले शिविरमा अंश ग्रहण गर्ने सबै सदस्यगण, कार्यकर्तागणलाई आफ्नो संक्षिप्त उदबोधनमा योग अनि ज्ञानबारे जानकारी दिइन् साथै प्रशिक्षका श्रीमती प्रमिला छेत्रीप्रति आभार व्यक्त गरिन्। यसै गरी खरसाङ तहसिल अन्तर्गत मार्गरेट्स होप शाखामा पनि समितिका कार्यकर्ता अनि मानव सेवा दलले योग शिविरको आयोजना गरी योग अभ्यास गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement