राजधानीमा पालन गरियो अन्तराष्ट्रीय योग दिवस

photocollage_202362202041515.jpg

सकारात्मक जीवन जिउन योग जरुरी छः राज्यपाल

गान्तोक: स्वास्थ्य एवं परिवार कल्याण विभागको पहलमा आज राजधानीस्थित पाल्जर स्टेडियममा ९औं अन्तराष्ट्रिय योग दिवस पालन गरियो। यस अवसरमा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिकोरूपमा उपस्थित थिए भने सोही प्रकारले विशिष्ट अतिथिमा मुख्यमन्त्री प्रेमसिंह तामाङ्ग लगायत अन्य मन्त्रीगणको पनि उपस्थिति रहेको थियो। यस अवसरमा आयुष बिभागका योग प्रशिक्षक जगनाथ निरौलाले योगका विविध आसन हरुबारे व्यवहारिक प्रस्तुतीबारे विस्तृतरूपमा जानकारी गराए।आफ्नो सम्बोधन राख्ने क्रममा राज्यपाल लक्ष्मण प्रसाद आचार्यले योगको महत्त्वमाथि बोल्दै आत्म अनुशासन कायम गर्दै स्वास्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग आवश्यक रहेको कुरा बताए। योग परम्परागत चिकित्सा पद्यति र जीवनशैली रहेको र योगले मानिसको अस्थिर मनलाई स्थिर बनाउने काम गरेको अवगत गराए। मनमा सकारात्मक भावनाको विकास गर्नका लागि पनि योग गरिनु आवश्यक छ। यो वैज्ञानिक र व्यावहारिक छ भने योगले नै मानिसलाई नकारात्मक भावनाबाट विमुख बनाउँदै अध्यात्मतर्फ पनि डोहोऱ्याउने काम गर्ने जानकारी गराए। आद्यात्मिक जीवन शैलीले मानिसलाई विभिन्न रोग र भयादिबाट पनि अलग् राख्नमा अवश्य मद्दत पुऱ्याउँछ भन्ने उनले थप मन्तव्य पोखे। योग प्राचीन कला भएतापनि साधारण जनमानस यसको प्रयोगबाट वञ्चित थिए तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई साधारण जनसमुदायमा पुय्राउनलाई धेरै पहल गरेको कुरा राज्यपालले बताए । आजको कार्यक्रममा मुख्यमन्त्रीकी धर्म पत्नि कृष्णा राई, सिक्किम विधान सभाका अध्यक्ष अरुण उप्रेती , मुख्य सचिव भी बी पाठक, मुख्य मन्त्रीका राजनीतिक सचिव जेकब खालिङ्ग, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत लगायत अन्य अधिकारीवर्गले पनि सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement