नयाँ दिल्ली: एक राष्ट्र एक हेल्पलाइनको व्यापक अवधारणाको एक भागअन्तर्गत तथा राष्ट्रिय मुख्य सचिवहरूको सम्मेलनमा प्राथमिकताको रूपमा महिला एवं बाल विकास मन्त्रालयले महिला हेल्पलाइन र चाइल्ड हेल्पलाइनलाई ईआरएसएस-११२ (आपतकालीन प्रतिक्रिया समर्थन प्रणाली)सित जोड़्ने निर्णय लिएको छ।
यसअघि चाइल्डलाइन इण्डिया फाउण्डेशन (सीआईएफ) तथा यसको सहयोगी एनजीओको माध्यमबाट मन्त्रालयले पूर्ववर्ती बाल संरक्षण सेवा (सीपीएस) योजनाअन्तर्गत चाइल्डलाइन मन्त्रालयको यस २४x७ हेल्पलाइन चाइल्डलाइन १०९८ सेवालाई समर्थन गरिरहेको थियो। चाइल्डलाइन इण्डिया फाउण्डेशन (सीआईएफ) चाइल्डलाइनको रूपमा यस सेवाको प्रबन्धन गर्ने ‘मदर एनजीओ’ थियो।
मन्त्रालयका अनुसार सीआईएफले आफ्ना एक हजार भन्दा अधिक एकाईहरूको नेटवर्कको माध्यमबाट ५६८ जिल्ला, १३५ रेलवे स्टेशन तथा ११ बस स्ट्याण्डहरूमा चाइल्डलाइन सेवाहरू प्रदान गर्दै आइरहेको छ। संकटमा फसेका बालबालिकाहरूद्वारा गरिएको कलको लागि सीआईएफसित प्रतिक्रियाको समय लगभग ६० मिनट हुन्छ। यद्यपि वर्तमान प्रणालीमा पुलिस, अग्निशमन, एम्बुलेन्सजस्ता अन्य सेवाहरू लगायत अन्तरपरिचालनियताको अभाव देखिन्छ जसबाट संकटको स्थितिमा बहुमूल्य समय खेरो जान्छ। यस अतिरिक्त सीआईएफ नेटवर्कले ५६८ जिल्लाहरूलाई मात्र कभर गर्न सकेको थियो अर्थात लगभग दुई सय जिल्लालाई चाइल्डलाइनअन्तर्गत सामेल गरिएको थिएन। यसैलाई ध्यानमा राखेर ईआरएसएस-११२ सित चाइल्ड हेल्पलाइनलाई एकीकृत गर्ने निर्णय लिइएको छ जसबाट जिम्मेवार तथा जवाफदेही प्रशासनको माध्यमबाट संकटमा फसेका बालबालिकाहरूको हेरचाहको दायित्व उठाउन सकियोस् भन्ने रहेको छ। -हिस









