विद्या भारती सिक्किमका विद्यालयहरूमा अन्तरराष्ट्रिय योग दिवस पालन

1212_337

गान्तोकः विद्या भारती सिक्किमद्वारा सिक्किम अनि दार्जीलिङमा सञ्चालित विभिन्न विद्यालयहरूमा आज ९औं अन्तरराष्ट्रिय योग दिवस पालन गरियो। यस अवसरमा विद्यार्थीहरूलाई योगाभ्यास गराउनका साथै योगको महत्वको बारेमा पनि जानकारी गराइयो।

पाकिम जिल्ला अन्तर्गत पाचेखानी शिशु विद्या निकेतनमा विद्या भारती, सिक्किमका संयोजक मोहन शर्माको विशेष उपस्थितिमा अन्तरराष्ट्रिय योग दिवस पालन गरियो। पंजाबको लभली प्रोफेशनल युनिभर्सिटीका दुई विद्यार्थी राज जय गुप्ता र अमन कुमार पनि सहभागी बनेका थिए। विद्यालयका आचार्य-आचार्या, एसएमसी सदस्यहरू र अभिभावकहरूको सहभागितामा विद्यार्थीहरूले योगाशनहरू गरेका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement