पाँच करोड़ मूल्यको लागू औषदको साथ अन्तरराज्यिय गुटका दुई तस्कर पक्राउ

00-1-Rajya-Samachar-7

कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले पाँच करोड़ मूल्यको लागू औषदको साथ अन्तरराज्यिय गुटका दुई तस्करलाई पक्राउ गरेको छ। यिनीहरूको पहिचान झारखण्डको साहिबगंज जिल्ला निवासी गौर सरकार (३५) र गुलाम शेख (६०) को रूपमा गरिएको छ।

एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसुले जानकारी गराए, दुवैलाई मंगलवार साझँ मुर्शिदाबादको बहरामपुर बस स्ट्याण्डमा घेरेर समाइयो। यिनीहरूको तलाशी लिँदा यिनीहरूदेखि चार किलो 800 ग्राम प्रतिबन्धित मर्फिन उद्धार गरियो, जुन अतिनै नशालु पदार्थ हो।

जानकारी अनुसार, यिनीहरूले यो लागू पदार्थ झारखण्डदेखि मुर्शिदाबाद लिएर आएका थिए। लागू औषदहरू उद्धार गरिएपछि यिनीहरूलाई पक्राउ गरी एनडीपीएस एक्टका धाराहरू अन्तर्गत बहरामपुर थानामा प्राथमिकी दर्ता गरिएको छ। दुवैसित सोधपुछ गरी यो लागू औषद यिनीहरूले कताबाट ल्याए औं कहाँ-कहा तस्करी गर्ने योजना थियो, यसबारे जानकारी जुटाइँदैछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement