चुनावी हिंसा विरूद्ध मंगलवारदेखि धरनामा बसे अधीर रन्जन चौधरी

00-1-Rajya-Samachar-7

कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउको घोणषा भएदेखि लगातार भइऱहेको हिंसा विरूद्ध प्रदेश कांग्रेस अध्यक्ष एवं लोकसभामा पार्टीका नेता अधीर रन्जन चौधरी मंगलवारदेखि धरनामा बसेका छन्। मुर्शिदाबादको बड़त्रामा बीडीओ अफिस सामू उनी धरनामा बसेका छन्। मङ्गलवार साझँ ४ बजीदेखि उनले धरना शुरू गरे जुन बुधवार बिहान ११ बजीसम्म जारी थियो। उनको साथमा कांग्रेसका अन्य धेरै नेता र कार्यकर्ताहरू पनि धरनामा बसेका छन्। चौधरीले आरोप लगाएका छन्, स्थानीय बीडीओले सत्तारूढ़ तृणमूल कांग्रेसको साथ मिलेर पक्षपात गरिरहेका छन्। यस सम्बन्धमा उनले लोकसभाका अध्यक्ष ओम बिरलालाई पनि चिट्ठी लेखेका छन्। लोकसभा अध्यक्षले यस मामिलामा उचित कारबाही गरिनेछ भनी आश्वस्त गरेका छन्। खाँचो परेमा राज्य सरकारबाट यस सम्बन्धम जवाफ माग्न सकिन्छ।

चौधरीले भने, आज बुधवार कांग्रेसको तर्फबाट कलकत्ता हाईकोर्टमा एक याचिका लगाइनेछ। जब उनी धरनामा बसे तब प्रशासनले उनमाथि लगातार अत्याचार गर्नु शुरू गरेको उनले आरोप लगाएका छन्। यस भीषण गर्मीमा उनलाई पंखा लगाउन पनि दिइएको छैन। यहाँसम्म कि कांग्रेस कार्यकर्ताले आफ्नो पैसाले जनरेटरको व्यवस्था गरिरहेका थिए तर धारा १४४ को उल्लेख गर्दै यसो गर्न पनि दिइएन। उल्लेख्य, मुर्शिदाबादमा कांग्रेसका दुई नेताको गोली हिर्काई हत्या गरिएको छ जबकि नामाङ्कन दर्ता गर्ने अन्य धेरै उम्मेदवारहरूमाथि लगातार हमला भइरहेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement