सिलगढी: राज्य चुनाव आयोगमाथि संसद राजु बिष्टले आरोप लगाएका छन्l एक प्रेस विज्ञप्ति जारी गरेर उनले यसो भनेका छन्, ‘चुनाव आयोगको मूलभूत कर्तव्य सबै साधनहरूको प्रयोग गरेर ‘स्वतन्त्र एवं निष्पक्ष’ चुनाव सुनिश्चित गर्नु हो। तर, पश्चिम बंगाल शायद एकमात्र यस्तो राज्य हो जहाँ लोकतन्त्रको सेवा निम्ति गठित एक स्वायत्त निकाय पश्चिम बङ्गाल राज्य चुनाव आयोगले सत्तारूढ़ पार्टाको अग्रिम संगठनको रूपमा सक्रिय रूपले कार्य गरिरहेको छ। स्वतन्त्र, निष्पक्ष अनि शान्तिपूर्ण चुनाव सुनिश्चित गर्नुको साटो पश्चिम बङ्गाल राज्य चुनाव आयोगले कलकत्ता उच्च न्यायालयद्वारा लोकतन्त्रको पक्षमा दिइएको फैसलालाई सर्वोच्च न्यायालयमा चुनौती दिए, र टीएमसीको पक्षमा आफ्नो पूर्वाग्रहलाई उदाङ्गो पारेको छl’
‘आगामी पंचायत चुनावका लागि माननीय कलकत्ता उच्च न्यायालयले राज्यका सबै जिल्लाहरूमा स्वतन्त्र एवं निष्पक्ष चुनाव सम्पन्न गराउन केन्द्रीय बलहरू खटाउन आदेश दिएको थियो। तर, कलकत्ता उच्च न्यायालयको निर्णयलाई सम्मान गर्दै धन्यवाद दिनुको साटो पश्चिम बंगाल राज्य चुनाव आयोग सर्वोच्च न्यायालयमा गए अनि कलकत्ता उच्च अदालतको आदेशविरुद्ध याचिका दर्ता गरे’, विज्ञप्तिमा उनले भनेका छन्। उनले अझ भनेका यसो भनेका छन्, ‘भारतको सर्वोच्च न्यायालयद्वारा आज पश्चिम बंगाल राज्य चुनाव आयोगको याचिकालाई खारेज गरिएकोले हाम्रो संविधानको सर्वोच्चता रेखाङ्कित हुन्छ। टीएमसीले आतंकित गर्न, धम्काउन, भोट किन्न अनि चुनावमा धोखाधड़ी गर्न सबै किसिमका तरिकाहरूको प्रयोग गर्नसक्छ, तर खुल्ला गोल-पोस्ट हासिल गर्ने तिनीहरूका दिन अब गएl’ राज्यभरका मतदाताहरूलाई निड़रतापूर्वक भोट हाल्न उनले अनुरोध गरेका छन्l









