अन्तर्राष्ट्रिय योग दिवस: भीडियो कन्फ्रेन्सिङद्वारा प्रधानमन्त्रीले दिए सन्देश

00-1-A-yoga._295

योग जीरो बजेटको हेल्थ एश्योरेन्स हो: उपराष्ट्रपति

नयाँ दिल्ली: नवौंअन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, केन्द्रीय मन्त्रीगण एवं राज्यहरूका मुख्यमन्त्रीहरूले देशका भिन्न-भिन्न भागहरूमा आयोजित योग दिवससित सम्बन्धित कार्यक्रमहरूमा भाग लिए। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा योग गरिन् भने प्रधानमन्त्री मोदीले साँझ संयुक्त राष्ट्रको न्यूयर्कमा आयोजना हुने योग दिवस कार्यक्रममा भाग लिनेछन्।

अन्तर्राष्ट्रिय योग दिवस-२०२३ को थीम ‘वसुधैव कुटुम्बकमको लागि योग’ वा ‘एक विश्व-एक परिवारको रूपमा सबैको कल्याणको लागि योग’ रहेको छ। मध्य प्रदेशको जबलपुरमा आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति जगदीप धनखड़ले मुख्यमन्त्री शिवराज सिंह चौहान अनि केन्द्रीय मन्त्री सर्बानन्द सोनोवालसित योग गरे। यहाँ भीडियो कन्फ्रेन्सिङको माध्यमबाट प्रधानमन्त्रीले योग दिवसको सन्देश दिए। उपराष्ट्रपति जगदीप धनखड़ले भने, ‘योग जीरो बजेटको हेल्थ एश्योरेन्स हो। अब त योगले आर्थिक स्वरूप पनि लिएको छ जसले अर्थव्यवस्थालाई सकारात्मक रूपमा प्रभावित पार्दछ। हाम्रा प्रशिक्षित योग गुरूहरू विश्वभरि नै कार्यरत् छन्। योग गुरूहरूको माग पनि आज बढ़िरहेको छl’ धनखड़ले भने, ‘हाम्रा ऋषि-मुनिहरूले भनेका छन् ‘पहिलो सुख निरोगी काया।’ योगले यसलाई सार्थक बनाउँछ. योग स्वस्थ जीवनको कुँजी होl’

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भीडियो सन्देशमा यस वर्ष भारतको अध्यक्षतामा सम्पन्न हुने जी-२० शिखर सम्मेलनको लागि ‘’एक पृथ्वी, एक परिवार, एक भविष्य’को थीममाथि प्रकाश पार्दै रेखांकित गरे, योगको प्रचार ‘वसुधैव कुटुम्बकम’को भावनाको प्रचार हो। आज विश्वभरि नै करोड़ौं मानिसहरूले ‘वसुधैव कुटुम्बकमको लागि योग’को थीममा एकसाथ योग गरिरहेका छन्। प्रधानमन्त्रीले भने, ‘यस अनौठो उत्सवमा देश अनि दुनियाँका करोड़ौं मानिसहरू यति सहज ढंगमा सामेल हुनुले योगको विशालता र प्रसिद्धिलाई दर्शाउँछ। भारतको संस्कृति औ सामाजिक संरचना, यसको आध्यात्मिकता औ आदर्श तथा यसको दर्शन र दृष्टिले सदैव ती परम्पराहरूको पोषण गरेको छ जुन एकजुट, अप्नाउने एवं अँगालो हाल्ने किसिमको छl’ अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा लोकसभा अध्यक्ष ओम बिरलाले आज संसद भवन परिसरमा योग अभ्यासको नेतृत्व गरे। सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरी अतरराष्ट्रीय योग दिवस मनाउनका लागि महाराष्ट्रको नागपुरमा सयकड़ौं मानिसहरूको साथमा सामेल भए।

स्वास्थ्य मन्त्री मनसुख माण्डभियाले दिल्लीको एम्समा अन्तर्राष्ट्रिय योग दिवस मनाउनको लागि एक कार्यक्रममा भाग लिए। भाजपाका राष्ट्रीय अध्यक्ष जेपी नड्डाले गुरूग्रामको एक स्टेडियममा योग गरे। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले हरिद्वारमै योग गरे। केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाले राजीव गान्धी भवन नयाँ दिल्लीमा आयोजित योग दिवस कार्यक्रममा भाग लिए। –हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement