बिहानको इन्टरसिटी एक्सप्रेस समयमा नआउँदा यात्रीहरू विचल्नीमा

5baf2a14-5b5f-4a67-9d00-3b07132e2967

कालचिनीः प्रत्येक दिन बिहान ६ बजी अलिपुरद्वार जंक्सनबाट कालचिनी रेल स्टेशन आईपुग्ने इन्टरसिटी एक्सप्रेस बुधबार बिहान रेल स्टेशन नआईपुग्दा सिलगढ़ी लगायत डुवर्सका अन्यान्य गन्तव्यहरूमा जाने यात्रीहरू विचल्नीमा पऱ्यो। ६, ७, ८, ९ बजीसम्म पनि इन्टरसिटी एक्सप्रेस नआउँदा यात्रीहरूले काउन्टरबाट काटेको टिकट फिर्ता गर्ने माग गर्दा पनि स्टेशनले टिकट फिर्ता नलिएकोले यात्रीहरू विक्षुब्ध पनि बनेको थियो। बिहानै सिलगढ़ी पुगेर डाक्टर देखाउन निस्किएको यात्रीहरूले रेलवेले यस्तो ढिल्याई गरेकोमा घोर आपत्ति जनाएका छन्।
रेल आउने समयको कुनै निश्चितता नरहेपछि कतिपय यात्रीहरू बसमा चढ़ेर सवार हुन बाध्य भएको थियो भने कतिजना यात्रीहरू भने रेल कुरेर बसेको थियो। अन्तमा दिउँसो १२ बज्दा इन्टरसिटी एक्सप्रेस कालचिनी रेल स्टेशन आईपुगेका थिए भने प्रायः ६ घन्टाको विलम्बमा रेल सिलगड़ीतर्फ गुड़ेको थियो। यता रेलवे स्टेशन अधिकारीले यत्रो विलम्ब हुनको बारेमा आफूहरूलाई केही जानकारी नभएको यसको जवाफ दिन नसक्ने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement