कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय अधीनस्थ भारत भोटाङ सीमान्त जयगाउँ स्थित रहेको एसएसबी जयगाउँ बीओपीको तत्वावधानमा बुधबार खोकला तोरीबारी स्थित हेभेनली निर्भीक पथमा जोश र उत्साहको साथ अन्तर्राष्ट्रिय योग दिवस पालन गरियो। यस अवसरमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहरलालको प्रमुख उपस्थिति रहेको थियो भने एसएसबी द्वितीय कमान अधिकारी धीरज कुमार, उपकमान्डेन्ट सुमन राय एवम् जयगाउँ क्षेत्रको सेवानिवृत्त सेनाका जवानहरू र शहीद परिवार लगायत समाजसेवीहरूको उपस्थिति रहेको थियो।
मूलतः स्वास्थ्य जीवन धान्न स्वास्थ्य शरीर हुन आवश्यक रहेको र योग अभ्यासले मानिस स्वास्थ्य रहन सक्ने कुरालाई प्रमाणित गर्नलाई एसएसबीका प्रशिक्षित योगा प्रशिक्षकहरूले एसएसबी जवान लगायत सहभागी मानिसहरूलाई योग अभ्यास गराएको थियो। एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहरलालले आज अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा प्रत्येक सीमान्त क्षेत्रमा योग दिवस पालन गरिएको जनाएका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





