कोभिड सेन्टर घोटाला: मुम्बई समेत केही शहरहरूमा ईडीको छापा

ED-3-5

मुम्बई, महाराष्ट्रमा नक्कली कोभिड सेन्टर मामिलामा प्रवर्तन निदेशालय (ईडी)-ले बुधबार मुम्बई समेत केही शहरहरूमा छापामारीको कारबाही गरेको छ। यो कारबाही सूरज चव्हाण र सुजीत पाटकरको आवासमा भएको भए पनि ईडीले आप्नो तर्फबाट अहिलेसम्म कसैको नामको पुष्टि गरेको छैन। कोरोना महामारी अवधि लाइफलाइन कम्पनीमा भएको घोटालामा ईडीले मामिला दर्ता गरेको थियो। राज्यका मुम्बई, पुणे सहित कतिपय शहरहरूमा ईडीले रेड गरिरहेको छ। मुम्बई शहरमा मात्र ईडीले दश ठाउँ छापा मारेको छ। कोरोना कालमा मुम्बईमा धेरैवटा कोभिड सेन्टर बनाइएको थियो। यस्तै एउटा सेन्टर मुम्बईको दहिसरमा पनि शुरू गरिएको थियो। यो कोभिड सेन्टर ठाकरे गुटका सांसद संजय राउतका एकदमै नजिकका व्यवसायी सुजीत पाटकरले बनाएका थिए। यसको लागि सुजीत पाटकरले रातारात एउटा कम्पनी बनाए जसको नाम लाइफलाइन हस्पिटल म्यानेजमेन्ट सर्भिस राखियो

जानकारी अनुसार दहिसरमा शुरू गरिएको कोभिड सेन्टर अक्सीजनयुक्त २४२ पलङको थियो। सुजीतले यसको ठेका पाएका थिए। यसलाई संचालन गर्नको लागि जून, २०२० मा बीएमसीसित एग्रिमेन्ट गरियो। छापामारीको क्रममा ईडीलाई उनको घरबाट एउटा कागज प्राप्त भएको थियो। यसैको आधारमा आरोप लगाइएअनुसार कोभिड अस्पतालमा प्रबन्धनको लागि बीएमसीसित गरिएको समझौता अनुसार कार्य गर्नको सट्टा धाँधली गरिएको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement