गोरखपुर: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बुधबार ९औं अन्तर्राष्ट्रिय योग दिवसमा आयोजित सामूहिक योगाभ्यास कार्यक्रममा सहभागी भएर योगको सन्देश दिए। यस अवसरमा मुख्यमन्त्रीले भने, हजारौं वर्षको योगको परम्परा हाम्रो विरासतको एउटा अंश हो। हामी सबैलाई योगको यस विरासतमाथि गौरव अनुभूति हुनुपर्छ। मुख्यमन्त्रीले भने, ‘आज दुनियाँका लगभग २०० देशहरूले अन्तरराष्ट्रीय योग दिवसको अवसरमा आयोजित कार्यक्रमहरूसित जोड़िएर भारतको परम्पराप्रति आफ्नो कृतज्ञता प्रकट गरिरहेका छन्l’ उनले भने, ‘योग भारतीय मनीषाद्वारा वैश्विक मानवताको कल्याणको लागि दिइएको उपहार हो। हाम्रो परम्पराले भन्दछ कि ‘शरीरमाद्यं खलु धर्मसाधनम्’। जीवनका जतिपनि माध्यमहरू छन् ती सबै स्वस्थ शरीरबाट मात्र सम्भव हुनसक्छ। कुनै व्यक्ति स्वस्थ छ भने मात्र कुनै कार्य सम्पन्न गर्न सक्नेछl’
मुख्यमन्त्री योगीले भने, ‘योगको परम्परा हामी सबैको विरासतको भाग हो। आज योगले वैश्विक मञ्चमा छाता भएर सारा दुनियाँलाई आफूतिर आकर्षित गरिरहेको छ। कोरोना कालमा पनि विश्वभरि नै आयुष पद्धतिको सर्वाधिक माग भइरहेको थियो। भारतको ऋषि परम्पराप्रति कृतज्ञता ज्ञापन गर्ने यो एउटा अवसर हो। योगमा सम्पूर्ण आरोग्यता प्रदान गर्ने शक्ति छ। योगको अभ्यासबाट धेरैवटा रोगहरूदेखि बँच्न सकिन्छ। शारीरिक शुद्धिको माध्यम पनि योग नै होl’ यस अवधि मुख्यमन्त्रीसित गोरखपुरका सांसद रवि किशन लगायत स्थानीय नागरिकहरूले पनि योग गरे। -हिस










