भारत-पाकिस्तान सीमामा चार तस्कर पक्राउ, एउटा ड्रोन र दुई किलो हेरोइन जफ्त

Hand-Cuff-3-2

बीकानेर: सीमा सुरक्षा बल (बीएसएफ)-का जवानहरूले फेरि पाकिस्तानको आपराधिक गतिविधिलाई असफल बनाइदिएका छन्। बीएसएफले पुलिससितको संयुक्त कारबाहीमा चारजनालाई तस्करीको आरोपमा पक्राउ गरेको छ। यस अवधि एउटा ड्रोन र दुई किलो हेरोइन पनि जफ्त गरिएको छ। जफ्त गरिएको होरोइनको मूल्य अन्तरराष्ट्रीय बजारमा अनुमानित दश करोड़ रुपियाँ रहेको छ।

बीकानेर सेक्टरका डीआईजी पुष्पेन्द्र सिंह राठौड़ले बुधवार बिहान बताए, पाकिस्तानद्वारा मादक पदार्थको सप्लाई ड्रोनको माध्यमबाट गरिनुथ्यो जसलाई बीएसएफको जी ब्राञ्चका जवानहरूले गए मंगलवार राती असफल बनाइदिए। बीएसएफको जी ब्राञ्च आफ्नो इन्टेलिजेन्स इनपुटको आधारमा पहिलादेखि नै क्षेत्रमा सक्रिय थियो अर्थात यस क्षेत्रमा भइरहेका तस्करीका घटनाहरूलाई केन्द्र गरेर सतर्कता अप्नाइएको थियो। तस्करीको पुख्ता जानकारी हात लागेपछि बीएसएफका जवानहरूले कमाण्डेंन्ट पवन कुमारको दिशानिर्देशनमा संदिग्ध स्थानहरूलाई नाकाबन्दी गरे। उपकमाण्डेन्ट दीपेन्द्र सिंह शेखावतको निर्देशनमा जी ब्राञ्च एवं बीएसएफको टीमलाई क्षेत्रमा तैनाथ गरिएको थियो। बीएसएफले ड्रोनको आवाज सुनेपछि कम्पनी कमाण्डर उदयन कुमारको नेतृत्वमा बीएसएफ टीम त्यसको पछि लाग्यो। त्यस क्षेत्रलाई घेराबन्दी गरेर खोजी अभियान चलाउँदा एउटा ड्रोन र दुई प्याकेट मादक पदार्थ हेरोइन फेला पऱ्यो। तर अँध्यारो भएको कारणले तस्करहरू भाग्न सफल भए। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement