तीनधारे: आज विश्व योगा दिवसको अवसरमा गोर्खा च्यारिटेबल हस्पिटल अनि हिमालयन वेल्फेयर अर्गनाइजेसनको पहलमा स्वास्थ अनि रक्तदान बारेमा जनचेतना कार्यक्रम सम्पन्न भयो । दशौ, एघारौं र बाह्रौं श्रेणीका विद्यार्थीहरुलाई लिएर उक्त कार्यक्रम आयोजना गरियो । सुरेन प्रधानले स्वास्थ अनि रक्तदान सम्बन्धी महत्त्वपूर्ण जानकारी दिए । ‘रक्तदान किन गरिन्छ र रक्तदान गर्नाले मानिसलाई के कस्तो लाभ हुन्छ अनि कसरी स्वास्थ रहन सकिन्छ भन्ने बारेमा पनि उनले बताए।
‘रक्तदान गर्नुजस्तो पुण्यको काम अरु सायद नहोला र रक्तदान गर्दा आफ्नो शरीरको मैला खुन जाने हुनाले घाउ खटिरा निस्किन बन्द हुन्छ भने रेगुलर डोनरको ब्लड प्रेसर मेन्टेन रहने हुनाले हार्ट एटेक, फेटि लिभर, स्ट्रोक जस्तो घातक रोग लाग्न सक्दैन । जब मान्छेलाई रगत चाहिन्छ त्यस समय उसले न जात, न धर्म न त लिंग नै हेर्छ उसलाई केवल रगत चाहिएको हुन्छ, रगत भनेको यति ठुलो कुरो हो’, उनले भनेl शिक्षिका श्रीमती रन्जना प्रधान छेत्रीले सुरेन प्रधानको संक्षिप्त्त परिचय प्रस्तुत गरिन्l स्कूलको तर्फबाट श्रीमती ज्योती मुखिया, श्रीमती इन्दु शर्मा, सुकराज छेत्री उपस्थित थिए भने सुरेन प्रधानसँग तीनधारेका चिफ कोर्डिनेटर नर्साङ वाइबा र विशाल प्रधान उपस्थित थिए।










