हिमालय योग संस्था कालेबुङद्वारा अन्तर्राष्ट्रिय योग दिवस पालन

00-1-A-IMG-20230621-WA0263

कालेबुङ: हिमालय योग संस्था, कालेबुङको तत्वधानमा यस वर्ष पनि अन्तर्राष्ट्रिय योग दिवस ‘मारवाड भवन’ परिसरमा सम्पन्न गरियो। विभिन्न पाठशालाका शिक्षक, शिक्षिका,विद्ध्यार्थीहरू लगायत कालेबुङका विशिष्ट व्यक्तिहरूको बहुमुल्य उपस्थिति रहेको थियो।

बिहानको शीतल मनोहर वातावरण अनि प्रक्रितिक हरियाली भरिएको मैदानमा योगासनहरुको प्रदर्शन क्रमैले उमेर अनुसार ४० देखि ६० वर्षका मानिसहरु साथै बालबालिकालाई साथमा लिएर योग स्पेशल तथा एडभन्स कोर्सको प्रदर्शन पनि राखिएको थियो। शिक्षिका गंगा (गिरी) शर्माको निर्देशनमा ‘समुहिक योग’ पालन गरिएको थियोl संस्थाका प्रमुख सदस्यहरूको सांगीतिक तथा  मंत्रयुक्त धुनमा ‘सुर्य नमस्कार’ विशेष आकर्षण थियो। कार्यक्रममा प्रमुख अतिथि मंगल धामका पुजारी पुण्य लीलारस सागर तथा विशिष्ट अतिथि एल.बी. कुमाई र कार्यक्रमका सभापति लीला लेप्चाको सान्निध्य रहेको थियोl योग बारेमा बौद्धिक संस्थाका निर्देशक डा ०समीर कुमार घोषद्वारा राखिएको थियो। कार्यक्रमको संचालन सचिव महेश गुप्ताले गरेका थिए भने धन्यवाद सम्भाषण सभापति श्रीमती लीला लेप्चाद्वारा कार्यक्रम समापनको घोषणा पनि गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement