खरसाङ: यसपालीको पञ्चायत चुनाव पहाड़मा मात्र किन दुई स्तरीय हालाकि भारतभरिमा तीन स्तरीय हुन्छ भनी समाजसेवी एंव खरसाङ खण्डको घुम्ती चियाबारीको एकजना वरिष्ठ नागरिक सूर्य नारायण प्रधानले प्रश्न गरेका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै भारतभरि तीन स्तरीय पञ्चायत चुनाव हुन्छ तर पहाड़मा किन दुई स्तरीय पञ्चायत चुनाव भनी मन दुखाएका छन्। उनले पञ्चायत सदस्य र पञ्चायत समिति केवल खुट्टादेखि जीउ र घाँटीसम्म मात्र हो तर जिल्ला परिषद भनेको टाउको हो। टाउनकोबिनाको पञ्चायत चुनाव महत्वहीन रहेको बताएका छन्। सूर्यनारायण प्रधानले टाउनकोबिनाको चुनावमा पनि हाम्रो नेताहरूले भोट हाल्ने आह्वान् गर्छन् तर यस्तो विषयमा किन बोल्नु नसकेको भनी प्रश्न गरेका छन्। उनले अघि भने, “पञ्चायत चुनावमा सिट आरक्षण विषयमा पनि मेरो असन्तुष्टी छ। किनभने पञ्चायत चुनावमा कसलाई जितायो भने गाउँ घरको विकास हुन्छ भन्र योग्य प्रार्थी दिन सकिन्छ। तर सिट आरक्षण भएपछि आरक्षण अनुसार मात्रै प्रार्थीहरू उठ्न पाउँछन् अनि गाउँको योग्य व्यक्ति छोड़िएर अयोग्य व्यक्तिले मौका पाउँछ जसले गर्दा गाउँको विकास नहुन पनि सक्छ।’
समाजसेवी सूर्य नारायण प्रधानले यसपालीको पञ्चायत चुनावमा जनसंख्याको आधारमा पञ्चायत सदस्यको सिटहरू घटाइएकोमा पनि असन्तुष्टी जाहेर गर्दै दु:खेसो पोखेका छन्। उनले घुम्ती चियाबारीमा २३ वर्ष अघि भएको पञ्चायत चुनावमा चारजना पञ्चायत सदस्यहरू थिए तर २३ वर्षपछि त बढ्नु पर्नेमा झन घटेको भन्दै दु:ख प्रकट गरेका छन्। उनले यी विषयहरूमा हाम्रो नेताहरू किन बोल्दैनन् भन्दै मेरो यी दु:खेसोहरूले गर्दा पञ्चायत भोट हाल्न पनि नजाने प्रतिबध्दता प्रकट गरेका छन्।










