दार्जिलिङ: दार्जिलिङको सन्त रोबोर्ट हायर सेकेन्डेरी स्कूलको भवनमा ५ बटालियन एनसीसीद्वारा अन्तराष्ट्रीय योग दिवस पालन गरियो। उक्त कार्यक्रममा पाचौँ बङ्गाल एनसीसीका कमान्डिङ अफिसर सिओ श्रीकान्त राई, एस एम दानसिँह, घुम जोरबङ्लो कलेजका एनसीसी अफिसर एएनओ लेफ्ट. चन्दन थापा अनि साउथफिल्डका लेफ्ट. ज्ञानश्री प्रधान, दार्जिलिङ सरकारी महाविद्यालयका लेफ्ट. निर्मल सुब्बा, आरकेएसपीका थर्ड अफिसर दिपेन तामाङ, दार्जिलिङ सरकारी विद्यालयका निशिर छेत्रीलगायत विभिन्न विद्यालय एवम् महाविद्यालयका एनसीसी प्रभारीहरूको उपस्थिति थियो। यस कार्यक्रममा योग नै स्वस्थ्य रहने र जीवनलाई अनुशासित रूपमा राख्ने साधनको आधार मानेर दार्जिलिङ सरकारी महाविद्यालयकी क्याडेट मिङ्मा लमु शेर्पाको निर्देशनमा योगाभ्यास गरियो। विभिन्न विद्यालय एवम् एनसीसी क्याडेटहरूको उपस्थितिमा अभ्यास गरिएको उक्त योगले दैनिक अभ्यास गरे शारीरिक, मानसिक एवम् विविध रूपमा अभ्यास गर्ने व्यक्तिलाई लाभान्वित पुऱ्याउने जानकारी गराउँदै त्यसका नियम, आवश्यकता र विविधतालाई व्यवहारिक रूपमा अभ्यास गरियो।










