२१ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा बड़ा काकझोड़ा युनाइटेड क्लबले सजिलै म्याच जित्यो। दार्जीलिङको लेबोंग स्टेडियममा बुधवार खेलिएको दिनको दोस्रो म्याचमा बड़ा काकझोड़ा युनाइटेड क्लबले सिंहमारी लायन्स क्लबलाई ३-१-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट प्रणय गुरुङले २ अनि कुमार छेत्रीले १ गोल गरे। यसरी सिंहमारी लायन्स क्लबबाट धिनु सुब्बाले १ गोल गरे। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।










