२१ जूनः पाँचपल्टको वर्ल्ड कप च्याम्पियन ब्राजीलले सेनेगल विरुद्ध हारको सामना गर्नु पऱ्यो। मंगलवार राति खेलिएको अन्तर्राष्ट्रिय मैत्री म्याचमा ब्राजीललाई सेनेगलले ४-२-ले पराजित गऱ्यो। म्याचमा ६३ प्रतिशत पोजेशनको साथ खेल्दै ब्राजीलले शुरुमै बढ़त हासिल गऱ्यो। लुकास पाक्वेटाले ११औं मिनटमा गोल गरी ब्राजीललाई बढ़त दिलाए तर सेनेगलले पनि बराबरी हासिल गर्न अधिक समय लगाएन। हबिबि डिएलोले २२औं मिनटमा स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि बार्जीलका मार्क्विन्होसले ५२औं मिनटमा आत्मघाती गोल गर्दा सेनेगलको बढ़त डबल भयो। सेडिओ मानेले ५५औं मिनटमा अझ एक गोल गर्दा सेनेगल म्याचमा ३-१-ले अघि रहन पुग्यो। त्यसपछि मार्क्विन्होसले ६८औं मिनटमा एक गोल गरे पनि मानेले स्टपेज टाइमको सातौं मिनटमा पेनल्टीबाट अझ एक गोल गरी सेनेगललाई यादगार जीत दिलाए।










