सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगःमंगोलियन स्पोर्टिंग क्लब ४-२-ले विजयी

photocollage_2023621173559873.jpg

२१ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा मंगोलियन स्पोर्टिंग क्लबले आफ्नो म्याच जित्यो। दार्जीलिङको लेबोंग स्टेडियममा बुधवार खेलिएको दिनको पहिलो म्याचमा मंगोलियन स्पोर्टिंग क्लबले युनाइटेड ब्रदर्स भेटरन्स फूटबल क्लबलाई ४-२-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट अनन्त गुरुङ, योगेन तामाङ, निमा लेप्चा र अंकित छेत्रीले १-१ गोल गरे। यसरी युनाइटेड ब्रदर्स भेटरन्स एफसी-बाट दुवै गोल अभिषेक छेत्रीले गरे। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement