प्रधानमन्त्री ‘उज्ज्वला योजना’ को नाममा सिलगढीमा घोटाला

3556b0ff-d44d-4dad-b4a7-dc7a7c088327-1024x576.jpg

सिलगढी: प्रधानमन्त्री नरेन्द्र मोदीले गरिब महिलाहरूको सुविधाको लागि उज्ज्वला योजना शुरू गरेका थिए ।यो योजना अन्तर्गत गरिब महिलाहरूले निःशुल्क ग्यास सिलेन्डर प्रदान गर्ने गरिन्छ सिलगढीमा यस योजनाको नाममा अवैध रूपमा रुपियाँ लिइरहेको मामिला नगरनिगमको ४६ नम्बर वार्ड संलग्न चम्पासारी ग्राम पञ्चायत अन्तर्गत सिमुलबारी इलाकाबाट अघि आएको छ। आरोपअनुसार ग्रामीण इलाकाका महिलाहरूलाई ग्यास सिलेन्डरको नाममा हजारौं रुपियाँ लिइरहेको छ। केही महिलाहरूले उज्ज्वला योजनाको ग्यास सिलेन्डर नपाए तापनि सबसिडी पाइरहेका छन्। सिमुलबारी इलाकाका महिलाहरूको आरोप अनुसार उज्ज्वला योजना अन्तर्गत पाउने ग्यास सिलेन्डरको लागि ५०० देखि १२०० रुपियाँसम्म दिन पर्दछ। तर यस योजना अन्तर्गत महिलाहरूलाई निःशुल्क ग्यास सिलेन्डर उपलब्ध गराउने कुरा थियो। सिमुलबारी निवासी एउटी महिलाले बताए अननुसार तिनले लगभग डेढ वर्ष अघि उज्ज्वला योजना अन्तर्गत ग्यास सिलेन्डर लिनको लागि फारम भरेकी थिइन् तर हालसम्म तिनले ग्यास सिलेन्डर पाएकी छैनन्। तर गत तीन महिनादेखि तिनको ब्याङ्क खातामा ग्यास सिलेन्डरको सबसिडीको रूपमा २३३ रुपियाँ पस्दै आइरहेको छ। अर्थात् तिनको नामको ग्यास सिलेन्डर कसैलाई प्रदान गरिरहेको छ। अर्कोतिर, इलाकाका केही महिलाहरूले बताएअनुसार उज्ज्वला योजना अन्तर्गत ग्यास सिलेन्डर लिनको लागि ५०० देखि १२०० रुपियाँसम्म दिन पर्दछ। यसको बद्लीमा तिनीहरूलाई रसिद पनि दिँदैन। देवीडाङ्गास्थित ग्यास वितरकलाई रुपियाँ दिएका छौं। प्रधानमन्त्री नरेन्द्र मोदीको ड्रीम प्रोजेक्ट ‘उज्ज्वला योजना’ को नाममा गरिब महिलाहरूसित ठगी तथा धोखाधडी किन भइरहेको छ भन्ने प्रश्न चिन्ह खडा भएको छ। के आरोपी एजेन्सी सञ्चालकहरूविरुद्ध कठोर कार्वाही गरिनेछ?

About Author

Advertisement