२०० परिवार भाजपा छोडेर तृणमूल कङ्ग्रेस-मा सामेल

IMG-20230528-WA0320.jpg

राजगञ्ज: २०० परिवार भाजपा छोडेर तृणमूल कङ्ग्रेसमा सामेल भएको छ। राजगञ्ज ब्लकको पानीकौरी ग्राम पञ्चायत अन्तर्गत मरगाडाङ्गी गाउँमा आज सामेल कार्यक्रमको आयोजना गरियो तृणमूल कङ्ग्रेसको जलपाईगढी जिल्लाका चेयरम्यान तथा राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जी लगायत अन्य नेतृत्वहरूको बाहुलीबाट नयाँ सामेल हुनेहरूले तृणमूलको झण्डा समाते। यस विषयमा तृणमूल कङ्ग्रेस राजगञ्ज ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जीले भने, तृणमूल नेत्री ममता ब्यानर्जीको विकासमूलक कार्यहरू देखेर २०० परिवार आज भाजपा छोडेर तृणमूलमा सामेल भएका हुन्। प्रत्येक बुथबाट धेरैजना मानिसहरू तृणमूलमा सामेल भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement