अन्तर्राष्ट्रिय योग दिवस: बीएसएफ जवानहरूले समको मखमली धरतीमा गरे योगाभ्यास

00-1-Yoga-copy

जैसलमेर: भारतको सीमावर्ती जैसलमेर जिल्लाको विश्वप्रसिद्ध समको मखमली धरतीमा सीमा सुरक्षा बल (बीएसएफ)-का जवानहरूले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योग एवं प्रणायाम गरेर निरोग अनि स्वस्थ बस्ने सन्देश दिए। बीएसएफको डाबलास्थित मुख्यालयका डीआईजी राजकुमार नेगीले भने, ‘योग एउटा यस्तो पद्धति हो जसद्वारा शारीरिक स्वस्थ एवं मानसिक सुदृढ़तासितै तनाउबाट मुक्त भएर मनुष्य जीवनका दैनिक गतिविधिहरूलाई प्रसन्नचित मनबाट एवं निरोग रहेर पूरा गर्न सकिन्छl’

बीएसएफका जवानहरूले बितेका एक महिनादेखि नै अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा मानिसहरूलाई जागरूक गराउनको लागि एवं उनीहरूलाई निरोगी राख्ने सन्दर्भमा निरन्तर योगाभ्यास गरिरहेका छन्। बीएसएफले कार्यक्रममा सहभागी समस्त कर्मी अनि स्थानीय मानिसहरूलाई सन्देश दियो कि योगले हरेक घर, हरेक आँगनमा, हरेक दिन आफूले आफैलाई तथा परिवारलाई निरोगी र प्रसन्न राख्नसक्छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement