सिलगढीको भाजपा जिल्ला कार्यालयमा नवौं अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

Capture2-16

सिलगढी: आज अन्तर्राष्ट्रिय योग दिवस देशभर मनाइँदैछ । यसै सन्दर्भमा सिलगढीको मल्लगढीस्थित भारतीय जनता पार्टी (भाजपा) जिल्ला पार्टी कार्यालयमा दिवस मनाइयो। यस अवसरमा दार्जिलिङका सांसद राजु विष्ट, जलपाइगढी जिल्लाका सांसद जयन्त राय र सिलगढीका विधायक शंकर घोषले योग आसन गरे।

सो अवसरमा बोल्दै सांसद राजु विष्टले भारतको सदियौं पुरानो परम्परा र जीवनशैलीलाई अक्षुण्ण राख्दै ‘योग’लाई सिंगो राष्ट्रलाई अगाडि बढाउन प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकाको प्रशंसा गरे। उनले आज विश्वका दुई सयभन्दा बढी देशमा योग दिवस मनाइँदै आएको बताए। साथै, उनले सबैलाई दैनिक योग अभ्यास गर्न सल्लाह दिए।

About Author

Advertisement