आईटीबीपीद्वारा आजादीको अमृत महोत्सव मनाउने

photocollage_2022516231748663.jpg

गान्तोक। आईटीबीपी (भारत तिब्बत सीमा पुलिस) को १३औं वाहिनीले भारतको ७५औं वर्षगॉंठ आजादीको अमृत महोत्सव मनाउने क्रममा एक भारत श्रेष्ठ भारत अन्तर्गत स्वच्छता र स्वास्थ्यप्रति स्थानीय मानिसहरूमा जागरूकता ल्याउन १६ मईदेखि माउण्टेन बाइकिङ अभियान शुरू गरेको छ। यस अभियानको शुरूवात आज उत्तर सिक्किमको केराङबाट आईटीबीपीका आरपीएस रघुवंशी, उपमहानिरीक्षक, क्षेत्रीय मुख्यालय, गान्तोकले गरे। यस अभियानको समापन आगामी २५ मईको दिन गान्तोक आइपुगेर हुनेछ।

१३औं वाहिनीका सेनानी चन्दनसिंह भण्डारीले माउण्टेन बाइकिङ अभियान सीमावर्ती क्षेत्र करोङ (१७१०० फीट) बाट शुरू भएर थाङ्गु, छातेन, रंगमा रेन्ज, चुङथाङ, पेगाङ, सिङथाङबाट पूर्व सिक्किमको लिङदमस्थित १३औं वाहिनी हुॅंदै २५ मईको दिन राजधानीस्थित क्षेत्रीय मुख्यालय आइपुगेर समाप्त हुने जानकारी दिए। उनले यस १० दिवसीय अभियान अवधि २३० किलोमिटरको दूरत्व तय गरिने बताए।

यस अभियानमा क्षेत्रीय मुख्यालय गंगटोक अन्तर्गत ११, १३ र ४८ वाहिनीका कुल ३० पदाधिकारीले भाग लिइरहेका छन्। अभियान अवधि १७ मईमा थाङ्गु, २० मईमा लाचेन, २१ मईमा चुङथाङ र २२ मईमा राङराङमा स्वच्छता अभियान चलाइने छ। यसका साथै स्थानीय मानिसहरूलाई शारीरिक स्वास्थ्यको महत्वबारेमा जानकारी गराइने छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *