आँखामा चोट लिएर पनि रेकर्डको साथ राष्ट्रिय च्याम्पियन बने विल्फ्रेड हेपियो

२७ जूनः कुनै पनि स्पर्धामा हिस्सा लिन अघि एथलीटहरूले लामो समयदेखि तयारी गर्नु पर्छ अनि स्पर्धामा आफ्नो सर्वश्रेष्ठ दिएर पदक जित्न सम्पूर्ण रूपले फिट हुनु पर्छ। यस्तै इच्छा मनमा लिएर फ्रान्सका ४०० मीटर वाधा दौड़ एथलीट विल्फ्रेड हेपियोले पनि जीतको तयारी गरेका थिए तर स्पर्धाको केही समय अघि एकजना व्यक्तिसँग विवाद भयो। त्यही विवादले उग्र रूप लिँदा त्यस व्यक्तिले विल्फ्रेडको आँखामा हिर्काए। हमला गर्ने व्यक्ति २३ वर्षीय एथलीटलाई हिर्काएर त्यहाँबाट भागे तर पछिबाट उनलाई पक्राउ गरियो। यति सब भएर पनि विल्फ्रेडले हरेस खाएनन् अनि चोट लागेको आँखामा पट्टी लगाएर स्पर्धामा हिस्सा लिए। यतिमात्र नभएर उनले ४८.५७ सेकेण्डको समयसहित रेस जितेर नेशनल च्याम्पियन बन्ने गौरव अर्जित गरे। आरएमसी स्पोर्ट अनुसार, दौड़ शुरु हुन केही क्षण अघि विल्फ्रेडलाई खोकी लागिरहेको थियो अनि खोक्दा मुखबाट रगत पनि निस्किरहेको थियो। स्पर्धाको २० मिनट अघि भएको विवादलाई भुलेर विल्फ्रेड आँखामा कालो पट्टी बाँधेर ट्र्याकमा ओर्लिए अनि दौड़मा जीत हासिल गरे। विल्फ्रेडले अब आउँदो महिना यूजीन, ओरेगानमा हुने विश्व च्याम्पियनशीपमा हिस्सा लिनेछन्।
विल्फ्रेडका प्रशिक्षक ओलिवियर वेलेयसले घटनाको निन्दा गरेका छन्। दौड़मा जीत हासिल गरेपछि विल्फ्रेडले भने, म त्यस (विवाद)-मा ध्यान दिन चाहदिन थिएँ। हामीले त्यसलाई सक्षम मानिसहरूका हातमा छोड़ेका छौं। यस दौड़को निम्ति हामीले धेरै मेहनत गरेका थियौं। आज हाम्रो भावना असल छ। रेकर्ड बनाएर म खुशी छु। शारीरिक रूपले पनि अहिले मलाई कुनै समस्या छैन।

About Author

Advertisement