दलसिंहपाडामा साकेला (उभौली) पर्व पालन

राई जातिको साकेला पर्व । फोटोः रिपब्लिक

जयगाउँ- नेपाली जातिका विभिन्न जाति सम्प्रदाय रहेको छ। यसै नेपाली जातिका एउटा राई जातिको पर्व साकेला ( उभौली ) आज दलसिंहपाडा रणबहादुर बस्तीमा डुवर्स किराँत राई समाज सांस्कृति साहित्य समिति केन्द्रिय समितिका माङ्पा रन्जित राईको घरमा केन्द्रीय समितिका पदाधिकारीको बाक्लो उपस्थितिमा आज सम्पन्न गरे। आजको यस साकेलामा गाउँका राई जाति तथा सम्पूर्ण गाउँले भेला भइ साकेला थान ( पुजा गर्ने स्थान ) को निर्माण गरी गाउँका चेलीहरूले सिल्लि नृत्यका साथ माङ्पा( पुजारी)ले साकेला पुजा सम्पन्न गरे। डुवर्स किराँत राई समाज सांस्कृति साहित्य समितिको नेतृत्वमा साकेवा ( उधौली) पर्व डुवर्स व्यापी गर्ने र साकेला ( उभौली ) चाहिँ शाखा – शाखामा गर्ने गरेको र त्यसै मुताबिक नै आज दलसिंहपाडा रणबहादुर बस्तीमा धुमधामसँग सम्पन्न भएको जानकारी केन्द्रिय समितिका संयुक्त दुर्गा थुलुङले दिएका छन्। यसै क्रममा उनले आगामी साकेवा ( उधौली) चाहिँ जयगाउँमा दिसम्बर महिनामा डुवर्सव्यापी गरिने जानकारी पनि दिए ।

आजको यस साकेला पुजामा डुवर्स किराँत राई समाज सांस्कृति साहित्य समितिका अध्यक्ष जेठा राई, महासचिव प्रसन्त थुलुङ ,संयुक्त सचिव दुर्गा थुलुङ ,सांस्कृतिक संयोजक मङ्गल सिंह राई ,कोषाध्यक्ष विकास बान्तव, रन्जित राई मङ्ग्पा सांस्कृतिक सचिव गङ्गाबहादुर राई साथै खोक्ला बस्ती, डिगवीर लाइन, गोपालबहादुर बस्ती, आदि क्षेत्रका शाखाको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने गाउँका सबै जातिका मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *