नेपालमा प्रचण्ड नेतृत्वको माओवादीसहित ४ दलको समाजवादी मोर्चा घोषणा

00-1-sm_501

काठमाडौं: नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन्। सोमवार काठमाडौंमा आयोजित कार्यक्रमबीच समाजवादी मोर्चा घोषणा भएको हो। समाजवादी मोर्चामा माओवादीका अलावा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन्। समाजवादी मार्चामा सहभागी दलहरुमध्ये जेएसपी मात्र गैरकम्युनिस्ट दल हो। बाँकी तीन दल कम्युनिस्ट हुन्। संसदमा विप्लव नेतृत्वको नेकपा बाहेक तीन दलको प्रतिनिधित्व छ। सीपीएन एमके को ३२, जेएसपीको १२ र सीपीएन यूएसको १० गरी मोर्चाको ५४ सिट हुनेछ।

मोर्चाले चार पृष्ठ लामो समझदारी पत्र समेत तयार गरेको छ। जसको प्रस्तावनामै नेपाललाई धर्मनिरपेक्ष, बहुधार्मिक संघीय लोकतान्त्रिक गणतन्तात्मक राज्य हो भन्ने मान्यता राखिएको उल्लेख छ। मोर्चा गठन घोषणामा नेपालका प्रधानमन्त्री प्रचण्डले देशमा परिवर्तनविरुद्ध टाउको उठाउनेहरुविरुद्ध समाजवादी मोर्चा सशक्त रुपमा प्रस्तत हुने बताए। उनले शान्ति प्रक्रियाका बाँकी काम बिथाल्ने गतिविधिहरु भएकोले मोर्चाले त्यसको प्रतिवाद गरिने जानकारी गराए। प्रचण्डले आफ्नो भारत भ्रमणले नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको बताए। देशको हितमा भारत भ्रमण सफल भएपछि विरोधीहरु आत्तिएको उनको दाबी थियो। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *