नेपालमा बाढी-पैह्रोले ६ दिनमा ६ जनाको मृत्यु, २९ बेपत्ता

00-1-Flood-Nepal

काठमाडौं: नेपालमा बाढी र पैह्रोले ६ दिनमा ६ जनाको मृत्यु भएको छ। १४ जून देखिको वर्षाले सोमवार साँझसम्म २९ जना बेपत्ता भएको पुलिसले जनाएको छ। नेपाल पुलिसका प्रवक्ता कुवेर कडायतले पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा सबैभन्दा बढी क्षति पुगेको छ। ती जिल्लाहरुमा ६ जनाको मृत्यु भएको हो। सबैभन्दा बढी संखुवासभामा २१ जना बेपत्ता भएका छन्। पुलिसले बेपत्ताको खोजी कार्य भइरहेको जानकारी दिएको छ। नेपालमा बाढी पैह्रोले भौतिक क्षति समेत पुगेको छ। मनसुन शुरु भएपछि नेपालको पहाडी जिल्लाहरुमा पैह्रोको घटना हुन थालेको छ। वर्षेनी पहाडमा पैह्रो र तराईमा बाढीको जोखिम रहने गरेको छ। -हिस

About Author

Advertisement