सिक्किमका महेन्द्र ढकाल एशियन चेस च्याम्रपियनशीपको रेफरी

IMG-20230619-WA0382.jpg

गान्तोक: सिक्किमका एक फिडे आर्बिटर, महेन्द्र ढकाल हाल, थाइल्याण्डको राजधानी व्यांककमा चलिरहेको २१औं एशियन चेस च्याम्पियनशीप २०२३ मा रेफरीका रूपमा काम गरिरहेका छन्। १७ बाट सुरु भई २७ जूनसम्म चल्ने प्रतियोगितामा एसियान देशका चेस खेलाडीहरुको सहभागिता रहेको छ भने अन्य केही देशहरुले समेत सहभागिता जनाएका छन्। ढकाल सिक्किम चेस एसोसिएसनका महासचिव र अखिल भारतीय चेस महासंघका सहसचिव हुन्। उनले यसअघि नै श्रीलंकाको कालुथारामा आयोजित प्रतिष्ठित कमनवेल्थ चेस च्याम्पियनसिप २०२२ र चेन्नईमा भएको ४४ औं चेस ओलम्पियाड २०२२ मा रेफरीको रूपमा सेवा गरिसकेका छन्। उनले दक्षिण एसियाली क्षेत्रको यस्तो प्रतिष्ठित चेस प्रतियोगितामा रेफरीका रुपमा भारतको प्रतिनिधित्व गर्ने अवसर पाएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement