ग्वाला दिवसलाई लिएर बैठक

IMG-20230619-WA0383.jpg

गान्तोक: पशुपालन तथा पशु चिकित्सा सेवा विभागीय मन्त्री लोकनाथ शर्माको अध्यक्षतामा आज कर्फेक्टारको कन्फरेन्स हलमा बसेको बैठकमा केही महत्वपूर्ण निर्णय लिएको छ। बैठकमा सिक्किम मिल्क युनियनका अध्यक्ष यमकुमार मिश्र, जोरथाङ नगर पञ्चायतका अध्यक्ष पवित्र शर्मा, सचिव डा. पी. सेन्थिल कुमार, सिक्किम मिल्क युनियनका प्रबन्ध निर्देशक डा. तिलक घतानी, निर्देशक डा. सहरमान राई, जिल्ला प्रमुखहरु, वरिष्ठ अधिकारीहरु, दुग्ध व्यवसायीहरु सहभागी थिए। बैठक आगामी १ जुलाईमा जोरथाङमा हुने भनिएको ग्वाला दिवस मनाउनेबारे छलफल गर्न भएको थियो। सम्बोधन गर्दै मन्त्री शर्माले ग्वाला दिवसका लागि मिल्क म्यान अफ द इयर अवार्ड र मुख्यमन्त्रीको योजना जस्ता विषयमा चर्चा गरियो। उनले महोत्सवलाई भव्यताका साथ मनाउन र दुग्ध व्यवसायीलाई उत्पादकत्व बढाउन प्रोत्साहन गर्न सुझाव दिए। कार्यक्रमको क्रममा सहभागीहरूले आगामी ग्वाला दिवसलाई भव्य रूपमा सफल बनाउनका लागि आफ्ना बहुमूल्य सुझावहरू बाँडे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement