ग्यास ट्याङ्करले मोटरसाइकललाई धक्का दिँदा दुई व्यक्ति घाइते

Screenshot_20230619_221255_WhatsApp.jpg

सिलगढी: आज साँझ सिलगढी नजिकैको घोषपुकुर फुलबारी बाइपास क्षेत्रमा राजमार्ग नम्बर ३१ मा रहेको गोवलटुली मोडमा एउटा बाइकलाई ग्यास ट्याङ्करले धक्का दिएको छ। यस धक्कामा दुई जना घाइते भएका छन्। ठक्कर दिइ राखेर भाग्न खोजेको एलपीजी ट्रकका चालकले दुईजनालाई किचेको छ। एसियन हाइवेमा काम गरिरहेका मजदुरले त्यहाँ पुगेर ट्यांकर रोकेका थिए। तर, ट्याङ्कर चालक भने घटनास्थलबाट फरार भएका छन्। सडक निर्माणको काम धमाधम भइरहेको बताइएको छ। भारी वर्षाका कारण त्यहाँ माटो र पानी जम्मा भएकाले दुर्घटना भएको हो।

घटनालगत्तै स्थानीयवासीले घाइतेहरुलाई उद्दार गरी फणसीदेवा ग्रामीण अस्पताल पुर्याएका थिए। पछि फांसीदेवा पुलिस चौकीलाई खबर गरिएको थियो। खबर पाएलगत्तै फणसीदेवा पुलिस चौकी घटनास्थलमा पुगेर कारबाही थालेको छ। घाइते हुनेमा शक्तिगढ रोड, सिलगढी निवासी सञ्जीव मण्डल र मन्तडारी बेलक्बा निवासी रफिकुल इस्लाम रहेका छन्। उनी निजी कम्पनीमा काम गर्छन्।

खोरीबारीबाट घर जाने क्रममा दुर्घटना भएको हो। अवस्था गम्भीर भएपछि उनलाई उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल लगिएको थियो। दुर्घटनाका कारण राष्ट्रिय राजमार्ग नं ३१ मा केही समय यातायात अवरुद्ध भएको थियो। ग्यास ट्याङ्करका चालकको खोजी सुरु गरेको फणसीदेवा प्रहरी चौकीले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *