एशियाई च्याम्पियनशीपमा पदक जित्ने पहिलो भारतीय तलवारबाज बनिन् भवानी देवी

IMG-20230619-WA0358.jpg

१९ जूनः ओलम्पियन भवानी देवीले सोमवार चीनको वुक्सीमा जारी एशियाई तलवारबाजी च्याम्पियनशीपको महिला सेबर स्पर्धाको सेमिफाइनलमा स्थान बनाएर इतिहास रच्दै भारतको निम्ति पहिलो पदक सुनिश्चित गरिन्। भवानीले क्वार्टर फाइनलमा गत विश्व च्याम्पियन जापानकी मिसाकी एमुरालाई १५-१०-ले पराजित गरी इतिहास रचिन्। सेमिफाइनलमा भवानीको भिड़न्त उज्बेकिस्तानकी जेनाब डेयिबेकोवासँग हुनेछ। भवानीलाई राउण्ड अव् ६४-मा बाई प्राप्त भएको थियो अनि अघिल्लो राउण्डमा उनले कजाखस्तानकी डोस्पे करीनालाई पराजित गरेकी थिइन्। भारतीय खेलाड़ीले प्री क्वार्टर फाइनलमा उलटफेर गर्दै तेस्रो वरीयता प्राप्त ओजाकी सेरीलाई १५-११-ले पराजित गरेकी थिइन्। भारतीय तलवारबाजी संघका महासचिव राजीव मेहताले भवानीलाई उनको ऐतिहासिक उपलब्धिमा बधाई दिएका छन्। उल्लेखनीय छ, भवानी ओलम्पिकमा क्वालीफाई गर्ने पहिलो भारतीय तलवारबाज थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement