हाम्रो पार्टीका संस्थापक सदस्य मणि लामा भागोप्रमोमा मा सामेल

IMG-20230619-WA0287.jpg

प्रत्येक ग्राम पञ्चायतको प्रधान अनि पञ्चायत समितिको अध्यक्ष भागोप्रमो पार्टीको हुनेछ: अनित थापा

दार्जिलिङ: प्रत्येक ग्राम पञ्चायतको प्रधान अनि पञ्चायत समितिको अध्यक्ष भागोप्रमो पार्टीको हुने घोषणा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले गरेका छन्। हाम्रो पार्टीका संस्थापक सदस्य साथै दार्जीलिङ नगरपालिका वार्ड नम्बर १४ का नगरपार्षद मणि लामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको समारोहको एक कार्यक्रममा पार्टीका अध्यक्ष अनित थापाले उनलाई खादा अनि पार्टीको झण्डा थमाएर पार्टीमा स्वागत जनाएका छन्। उक्त सामेल कार्यक्रम दार्जीलिङको जज बजारस्थित पार्टी केन्द्रीय कार्यालयमा भएको थियो। अनित थापाले लामालाई परिवारमा स्वागत जनाउँदै आफ्नो सम्बोधनमा भने, “पञ्चायत चुनावको व्यस्ततामाझ पनि हाम्रो पार्टीका संस्थापक सदस्य अनि दार्जीलिङ नगरपालिका १४ नम्बरका नगरपार्षद मणि लामाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सोच अनि कार्यशैली अनि राजनैतिक विचारधारालाई अंकमाल गर्दै हामीसंग जोडिनु भयो। उहाँलाई स्वागत जनाउँदछु। उहाँले देख्नु भयो हामीले बनाएको दार्जीलिङ नगरपालिकाको बोर्डले कसरी स्वतन्त्र रूपमा दार्जीलिङलाई अझ सुन्दर बनाउन काम गरेको छ। बीजीपिएमले बोर्डलाई स्वतन्त्रता दिएको छ।”
थापाले खुलासा गर्दै भने, “दार्जीलिङ नगरपालिकाका अन्य पार्षदहरु पनि हामीसंग जोडिन चाहनुहुन्छ। मेरोमा फोन आई नै रहन्छ। यो समय म मिशन पञ्चायतमा लागेको छु। त्यसैले उहाँहरुलाई समय दिनु सकेको छुइन। हाम्रो नीति नै यही छ कि हामी अरूको पछि लाग्नु होइन तर आफ्नो काम गर्दै जाऊ। यही नीतिको आधारमा हाम्रो परिवार बढ्नेछ। हाम्रो कार्यशैली देखेर नै मानिसहरू हामीसंग जोडिनु आउँदैछन्।”
गठबन्धन माथि कटाक्ष गर्दै उनले भने, “पञ्चायत चुनावमा बीजीपिएम पार्टीको बेसी उम्मेदवार भएर एउटा बुथमा तीन तीन जनासम्म उम्मेदवार उठेका छन्। हामीलाई मिलाउनु नै हम्मे हम्मे पर्दैछ। जब कि गठबन्धनले उम्मेदवारसम्म दिनु सकेका छैनन्।”
गठबन्धन दुर्बल अनि कमजोर हुनुको संकेत हो भन्दै उनले भने, “राजनैतिक दलले गठबन्धन त जनतासंग गर्नुपर्छ। प्रेसमा आएर गठबन्धन गर्यौ भनेर मात्र हुँदैन। राजनैतिक दलले त्यति बेला गठबन्धन गर्छ जब उसलाई लाग्छ कि उ कमजोर छ। कमजोर पार्टीहरुले गठबन्धन गर्छ। म कमजोर छु, म दुर्बल छु भन्ने संकेत नै गठबन्धन हो।”
उनले थप भने, “बीजीपिएम पार्टी पनि एक समय कमजोर थियो। तर हामीले एक्लै लड्यौं, एक्लै संघर्ष गर्यौ। आज हामी शक्तिशाली पार्टी बनेर आफ्नै खुट्टामा उभिएका छौं। आफ्नो पार्टी छ, आफ्नो झण्डा छ। ठूलो कुरा नगरेर आफै लड्नु नी? आफै चुनाव लडेर देखाऊ। सोफामा चिया खाँदै भाषण दिएको जनताले बुझ्छ? यस्तो भाषण बदाम बदाम गीत जस्तै हुन्छ। एकछिन हिट हुन्छ त्यसपछि हराउँछ। राजनीतिमा संघर्ष गर्नुपर्छ। एक जना नेता मात्र शक्तिशाली भयो भने दलले दुःख पाउँछ।”
राजनीतिमा काम अनि भिजन देखाउनु पर्छ। गाली गरेर हुँदैन भन्दै उनले भने, “बीजीपिएमलाई गाली मात्र गरेको देख्छु। मैले भनेको छु हामी कसैलाई गाली नगरौं। बरु हामीले के गर्यौ अनि भविष्यमा के गर्नेछौं त्यो बताएर राजनीति गरौं।”
पार्टीका नेतृत्वलाई सतर्क गराउँदै उनले भने, “हाम्रो परिवारको संख्या बढेर जाँदैछ। तर हामी शक्तिशाली पार्टी बन्यौ भनेर ढुक्क बस्नु हुँदैन। विगत दिनका शक्तिशाली पार्टीहरू ढलेको देखेका छौ।”
हामीले शान्ति ल्यायौ। शान्तिले समृद्धि त ल्यायौं। तर समृद्धिले हाम्रै मान्छेलाई दुःख भै रहेको छ। दार्जीलिङको जाम नै अहिले ठूलो समस्या भएको छ भन्दै उनले दार्जीलिङको समस्या चाँडै समाधान हुने बताएका छन् । उनले यस विषयमा प्रकाश पार्दै भने, “यो समस्यालाई मैले माननीय मुख्यमन्त्री संग राखेको थिए। उहाँले पनि हाम्रो समस्या बुझेर एउटा हाई पावर्ड कमिटी लाई जिम्मा लगाउनु भएको छ। आगामी केही दिनमा त्यो कमिटीको बैठक हुनेछ। जामको समस्या समाधान गर्न विकल्प बाटोको सर्भे हुनेवाला छ। यदि बाटोको योजना पारित भए दार्जीलिङको निम्ति ठूलो उपलब्धि हुनेछ।”

आज पार्टीमा सामेल भएका हाम्रो पार्टीका संस्थापक सदस्य मणि लामाले भने, “म मेरो खुसीले पार्टीमा सामेल भएको हुँ। टाढाको देउता भन्दा नजिगको भूत नै राम्रो भन्ने विचारधारामा विश्वास गर्ने व्यक्ति हुँ म। गोर्खाल्याण्ड गोर्खाल्याण्ड भनेको सुनेर नै मेरो केस पनि फुलेको छ। क्षेत्रिय दललाई नै मेरो समर्थन छ। भाजपाले १५ वर्ष सम्म मा के दियौ भन्ने प्रश्न मेरो मात्र होइन, जनताको हो। गठबन्धन भन्छ कि ठगबन्धनले अनित थापा दाज्यूको खुट्टा तान्ने काम गरिरहेको छ। एक तर्फ अनित थापा ज्यु जोड्ने क्रममा हुनुहुन्छ अर्को तर्फ गठबन्धनको नाममा क्षेत्रिय दललाई मास्ने कार्य हुँदैछ।”
सामेल कार्यक्रमलाई पार्टीका केन्द्रीय प्रवक्ता केशबराज पोख्रेल ले सञ्चालन गरेका थिए भने दार्जीलिङ महकुमा शीर्ष नेताहरुको उपस्थिति रहेको थियो।

About Author

Advertisement