तमिलनाडुका मन्त्री सेन्थिललाई लिएर उच्च अदालतको आदेशविरूद्ध ईडी पुग्यो सर्वोच्च अदालत

Supreme-Court-2

नयाँ दिल्ली: मनी लण्ड्रिङ मामिलामा पक्रा परेका तमिलनाडुका मन्त्री सेन्थिल बालाजीलाई निजी अस्पतालमा भर्ती गर्ने र सोधपुछ सीमित राख्ने मद्रास उच्च अदालतको आदेश विरूद्ध ईडीले सर्वोच्च अदालतको दैलो ढकढकाएको छ। सर्वोच्च अदालतले यस मामिलामा २१ जूनमा सुनवाई गर्नेछ। आज ईडीको तर्फबाट सलिसिटर जनरल तुषार मेहताले जस्टिस सूर्यकान्तको अध्यक्षतामा रहेको बेन्च समक्ष यस मामिलाको उल्लेख गर्दै मद्रास उच्च अदालतको आदेशलाई गलत बताए। उनले भने, ‘बालाजीको परिवारले उच्च अदालतमा बन्दी प्रत्यक्षीकरण याचिका दर्ता गरेका छन्। यो याचिका सुनवाई योग्य हुन सक्दैन। यस अतिरिक्त, उच्च अदालतले बालाजीलाई निजी अस्पतालमा भर्ती गर्न आदेश दिएर दोस्रो गल्ती गरेको छ। यस आदेशमाथि रोक लगाउनु आवश्यक छl’ उल्लेखनीय छ, १५ जूनमा मद्रास उच्च अदालतले बालाजीको अग्रिम जमानत याचिका खारेज गरिदिएको थियो। बालाजीको परिवारले उच्च अदालतमा बन्दी प्रत्यक्षीकरण याचिका दर्ता गरेको थियो, जसमाथि सुनवाई गर्दै उच्च अदालतले यो आदेश दिएको हो। -हिस

About Author

Advertisement