घरमा प्रवेश गरी एक व्यक्तिको हत्या

death-1024x489.jpeg

जलपाइगढी। जलपाइगढी शहर नजीक सुकान्त नगर क्षेत्रमा आज केही मानिसहरूले घरमा प्रवेश गरेर धारिलो हतियारले एक व्यक्तिको हत्या गरेको छ। पुलिस सूत्रहरू अनुसार, मृत व्यक्तिको नाम दिनेश बर्मन हो।

स्थानीय मानिसहरू अनुसार, गत वर्ष अगस्त महिनामा अवैध सम्बन्धको मामिलामा राजा बसाक नामक एक युवकको हत्या भएको थियो। राजा बसाकको हत्याको आरोप दिनेशमाथि लागेको थियो र पुलिसले उसलाई पक्राउ गरेर जले पठाएको थियो। जेलबाट छुटेपछि दिनेश आफन्तको घरमा थिए।

आइतवार दिउॅंसो परिवारको साथमा दिनेश सुकान्त नगर आफ्नो घर फर्किएको थियो। दिनेश घर फर्किएको कुरा सुनेपछि राजा बसाकको परिवारका मानिसहरू त्यहॉं पुगे र धारिलो हतियारले उनको हत्या गरिदियो। पुलिसले शव पोस्टमार्टमको निम्ति पठाएको छ र जॉंच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *