विराट कोहली विश्वमा सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा

00-1-Virat-Kohali

नयाँ दिल्ली: टीम इण्डियाका ब्याट्सम्यान तथा पूर्व कप्तान विराट कोहली विश्वमा सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा परेका छन्। एक अनुमानअनुसार उनको कुल सम्पत्ति १०५० करोड रुपियाँ छ। उनी विश्वकै धनी क्रिकेटर हुन्। क्रिकेट खेलबाट लिने शुल्कबाहेक अन्य स्रोतबाट पनि उनले धेरै आम्दानी गर्छन्। कोहलीले धेरै स्टार्टअप कम्पनीहरूमा लगानी गरेका छन्। कोहलीले ब्रान्ड एन्डोर्समेन्ट र सोशल मिडिया पोष्टबाट पनि हरेक वर्ष करोडौं कमाउँछन्। उनको मुम्बई र गुरुग्राममा पनि १०० करोडभन्दा बढीको सम्पत्ति छ। साथै, कोहलीसँग धेरै महँगो कारहरू छन् जसको मूल्य लगभग ३१ करोड रुपियाँ छ।

बङ्गलोरको ट्रेडिङ एण्ड इन्भेष्टिङ कम्पनीका अनुसार कोहलीको कुल सम्पत्ति १,०५० करोड रुपियाँ छ र उनी विश्वका सबैभन्दा धेरै कमाउने खेलाडीमा पर्छन्। यसअनुसार कोहली टीम इण्डियाका ए प्लस ग्रेडका खेलाडी हुन्। जसका कारण उनले वार्षिक सात करोड रुपियाँ तलब पाउँछन्। उनको पारिश्रमिक प्रत्येक टेस्टका लागि १५ लाख, एकदिवसीयका लागि ६ लाख र टी–२०का लागि ३ लाख रुपियाँ छ। उनले टी–२० लिग खेलेबापत हरेक वर्ष १५ करोड रुपियाँ पाउँछन्।

कोहलीले धेरै स्टार्टअप कम्पनीहरूमा लगानी गरेका छन्। यसमा मोबाइल गेमिङ, फेसन वेयर र फिनटेक कम्पनीहरू समावेश छन्। कोहलीले रेस, ब्लू ट्राइब, युनिभर्सल स्पोर्ट्सबिज, एमपीएल, डिजिट र स्पोर्ट्स कन्भो जस्ता धेरै स्टार्टअप कम्पनीहरूमा लगानी गरेका छन्। कोहलीले २५ वर्षको उमेरमा लण्डनस्थित सामाजिक सञ्जाल स्टार्टअप स्पोर्ट्स कन्भोमा पहिलो लगानी गरेका थिए। फरवरी २०१९ मा उनले ग्यलाक्टस फन्वेयर टेक्नोलोजीमा लगानी गरे। यो कम्पनीले अनलाइन गेमिङ प्लेटफर्म एमपीएल चलाउँछन्। अक्टोबर २०२० मा उनले फेसन स्टार्टअप यूएसपीएलमा १९.३० करोड रुपियाँ लगानी गरे। उनको अनलाइन बीमा एग्रीगेटर डिजिट इन्स्योरेन्समा पनि लगानी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement