पञ्चायत चुनावमा पहाड़मा नेपाली भाषाको प्रयोग नगरिएको कन्सन युउथ अफ् हिलको आरोप

IMG-20230619-WA0356.jpg

दार्जिलिङ: पहाड़को दार्जिलिङ र कालेबुङ जिल्लामा हुनेवाला पञ्चायत चुनावमा नेपाली भाषा प्रयोग नभएको विषयमा कन्सन युउथ अफ् हिलको एक सदस्य कुन्दन मुखियाले कुरा उठाएका छन्। उनले एक भिडियो जारी गर्दै ग्राम पञ्चायत चुनावको लागि बंगालभरिमा बंगला भाषामा नै पर्जीहरू प्रयोग गरिएको तर दार्जिलिङ र कालेबुङ जिल्लामा चुनावको पर्जीमा केवल अंग्रेजी भाषा मात्र प्रयोग गरिएकोमा आपत्ति जनाएका छन्। उनले नेपाली भाषा पनि भारतीय संविधानमा मान्यताप्राप्त भाषा हो तर चुनावमा किन नेपाली भाषा किन प्रयोग गरिएन भनी आवाज उठाएका छन्। चुनावको पर्जीहरू नेपाली भाषामा प्रयोग नगरिएको विषयमा पहाड़का राजनैतिक पार्टीहरू र नेतृत्वहरूले किन अावाज उठाएन भनी प्रश्न पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement