एचआरसीसीको तत्वावधानमा लागूऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्ध ऱ्याली आयोजित

नाम्ची। नाम्ची जिल्लाको क्रिकेट क्लब एचआरसीसीको तत्वावधानमा ‘लागूऔषध (ड्रग्स) दुरुपयोग र अवैध ओसारपसार विरुद्ध अन्तरराष्ट्रिय दिवस’ को अवसरमा एउटा ऱ्याली आयोजन गरियो। ड्रग्स सेवनले जीवनमा पार्ने नकारात्मक असरबारे विभिन्न सन्देशहरु लिएर क्लबका सदस्यहरुले सो ऱ्यालीमा आफ्नो सहभागिता जनाए। यहाँको सेण्ट्रल पार्कबाट शुरु भएर जिल्ला प्रशासन कार्यालय, अस्पताल मार्ग, जोरथाङ रोड हुँदै सेण्ट्रल पार्कमा फर्किएर सो ऱ्याली टुंगियो।

एचआरसीसी सिक्किम क्रिकेट एसोसिएसन अन्तर्गतको ‘ए डिभिजन’ क्रिकेट टीम हो। सो क्लबले नाम्ची जिल्लाका युवाहरुलाई निरन्तर रूपमा क्रिकेट खेलमा तालिम दिँदै आइरहेको छ। क्लबको अथक प्रयासका कारण राष्ट्रिय स्तरका खेलाड़ीहरू समेत स्थापित भइसकेका छन्। यस वर्ष सो दिवस ‘स्वास्थ्य र मानवीय संकटमा लागुऔषध चुनौतीहरू सम्बोधन गर्ने’ नाराका साथ पालन गरियो।

उक्त र्यालीमार्फत क्लबले युवाहरुलाई लागुऔषध दुव्र्यसन र अवैध ओसारपसारमा लाग्नुभन्दा खेलकुदमा संलग्न हुन प्रत्साहन प्रदान गरेको छ। कार्यक्रममा क्लबका संस्थापक सोनाम पल्जोर भोटिया, महासचिव सोनाम वाङ्दी दोर्जी भोटिया, सहसचिव महेन्द्र गुरुङ, कोषाध्यक्ष राहुल ब्याहुत, अन्य कार्यकारिणी सदस्य तथा खेलाडीहरुको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *