प. बंगाल पञ्चायत चुनाउमा केन्द्रिय बलको तैनातीलाई लिएर सुप्रीम कोर्टमा भोलि सुनवाई

00-1-Rajya-Samachar-7

कोलकाताः सुप्रीम कोर्टले पश्चिम बंगालमा पञ्चायत चुनाउ गराउन प्रत्येक जिल्लामा केन्द्रिय बल तैनात गर्न आग्रह सम्बन्धित कलकत्ता हाई कोर्टको आदेश विरूद्ध दर्ता गरिएको याचिकामाथि २० जूनमा सुनवाई गर्नेछ। जस्टिस सूर्यकान्तको अध्यक्षतामा रहेको बेन्चले यस्तो आदेश सुनाएको छ।

आज पश्चिम बंगाल राज्य निर्वाचन आयोगकी अकील मीनाक्षी अरोडाले सुप्रीम कोर्टमा भनिन्, राज्य निर्वाचन आयोगले संवेदनशील क्षेत्रहरूको पहिचान गर्न सक्छ तर केन्द्रिय बलहरू तैनात गर्न आग्रह गर्न सक्दैन। उनले कलकत्ता हाई कोर्टको आदेशमाथि रोक लगाउन माग गरिन्। पश्चिम बंगाल सरकारले पनि कलकत्ता हाई कोर्टको आदेशलाई सुप्रीम कोर्टमा चुनौती दिएको छ। २० जूनमा सुप्रीम कोर्टले राज्य निर्वाचन आयोग र पश्चिम बंगाल सरकारको याचिकाहरूमाथि एकसाथ सुनवाई गर्नेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement