अलिपुरद्वार: अलिपुरद्वारमा विभिन्न नदीको जलस्तर बढ्दै गएपछि अलिपुरद्वारमा बाढको खतरा बढेको छ। कालजनी, डिमा, रायडक, तोर्षा, संकोश नदीको जलस्तर बढेको छ। भुटानमा अविरल वर्षाको कारण नदीको पानी बढ्न साथ बाढको खतरा रहेको छ। हाल अलिपुरद्वार नगरपालिकाको नदी तट इलाकाको वार्डहरूमा पानी पसेपछि ९ र १८नम्बर वार्डको द्वीपचर, हठात कोलनी र बलटारी इलाकाको केही घरहरू जलमग्न भएको छ। अलिपुरद्वार सहरदेखि बलाटारीतर्फ जाने बाँसको पुल पनि भत्केपछि स्थानीय मानिसहरूलाई निक्कै समस्या भइरहेको छ। भुटानमा अधिक वर्षा भएको खण्डमा यहाँको अवस्था अझ बिग्रिन सक्ने आशंका भए तापनि नगरपालिका प्रशासनले बाढको सामना गर्न तयार रहेको जनाएको छ।