गान्तोकः खाम्दोङ सिङताम समष्टिका प्रभारी एवं राज्यका ग्रामीण विकास विभागीय मन्त्री सोनाम लामाको उपस्थितिमा खाम्दोङ खण्ड प्रशासनिक केन्द्रमा आज एउटा समन्वय बैठक सम्पन्न भयो। जिल्ला पञ्चायत, ग्राम पञ्चायत अनि नगर पञ्चायतका सदस्यहरू अनि संगठनका कार्यकारी सदस्यहरूमाझ समन्वय स्थापित गर्ने उद्देश्यले यो बैठक आयोजन गरिएको थियो।
कार्यक्रममा जनहितका कार्य गर्न जनप्रतिनिधिहरूमाझ समन्वय हुन आवश्यक रहेको कुरामाथि वक्ताहरूले जोर दिएका थिए। राज्य सरकारद्वारा कार्यान्वयन गरिएका विविध योजनाहरू जनतासम्म पुऱ्याउन जनप्रतिनिधिहरू सधैं सरकार अनि जनतामाझको पूल बनेर कार्य गर्नुपर्ने उनीहरूले विचार पोखेका थिए। बैठकमा मुख्यमन्त्रीका सल्लाहकारद्वय टी.एन. ढकाल अनि रोहित राज महाराज लगायत अन्यको उपस्थिति रहेको थियो।
-हिस









