एसकेएम नारी शक्तिको खासा वार्डमा सभा सम्पन्न

si-5

गान्तोकः एसकेएम नारी शक्तिले पार्टीलाई ग्रामीण क्षेत्रमा मजबुत बनाउने उद्देश्यले घरदैलो कार्यक्रम शुरू गरेको छ। प्रत्येक वार्डमा पुगेर वार्ड सभाको आयोजना गर्दै पार्टी र सरकारको कार्यक्रम, नीति र योजना जतनासमक्ष पुऱ्याउने उद्देश्यले घरदैलो कार्यक्रम शुरू गरेको एसकेएम नारीशक्तिकी संयोजिका गंगा प्रसाईँले जानकारी गराएकी छन्।

उनले थप बताए अनुसार, घरदैलो कार्यक्रमको पाँचौ दिन सिङताम खाम्दोङको खासा वार्डसभा सम्पन्न भयो। यस अवसरमा गान्तोक जिल्लाकी संयोजिका दिना छेत्री, उपसंयोजिका अनिता तामाङ,जिल्ला समन्वयक शशि तामाङ लगाय अन्यहरू पनि सामेल रहेको उनले बताएकी छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement