मन्त्री साम्डुप लेप्चाद्वारा मेरो रुख मेरो सन्तति कार्यक्रमको शुरु

IMG-20230619-WA0388.jpg

मंगन: राज्यव्यापी शुरु गरिएको “मेरो रुख मेरो सन्तति’’ कार्यक्रम अन्तर्गत चुङथाङ महकुमामा आयोजित कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित क्षेत्र विधायक एवं राज्यका सड़क तथा पूल विभागीय मन्त्री सामडुप लेप्चाले आइतवार यहाँ सो अभियानको शुभारम्भ गरेका छन्। यो महाअभियान यहाँ वन तथा पर्यावरण विभागको चुङथाङ टेरिटोरियल रेञ्जद्वारा आयोजन गरिएको थियो। यस अभियानले जैव विविधताको रक्षा अनि प्रदूषण कम गर्न जलवायु परिवर्तन विषयलाई सम्बोधन गर्न यसले सहयोग गर्नसक्ने प्रबल सम्भावना रहेको छ। यस दिशामा सामूहिक रूपमा काम गर्न यो अभियान एक प्रतीक रहेको छ। यदि हामीले प्रकृतिको रक्षा गर्ने तरीका परिवर्तन नगरे विश्वमा महामारीहरूको जोखिम रहने चेताउनीको साथ यसलाई रोकथाम गर्न यस अभियानले सन्देश दिएको थियो। यस कार्यक्रममा वन विभागका आरओ पेमा लाचुङपा, चुङथाङ महकुमाका अतिरिक्त जिल्लापाल, खण्ड विकास अधिकारी, जिल्ला पञ्चायत, पञ्चायत लगायत अन्य अधिकारीहरू अनि स्थानीय मानिसहरूको सहभागिता रहेको थियो। यसपछि क्षेत्र विधायक एवं मुख्य अतिथि मन्त्री लेप्चाले चुङथाङको गुरु दोहरमा फँसिएर बसेका पर्यटक अनि वाहन चालकहरूसँग भेट गरे। यहाँ उनले मनसुनको कारण अलपत्र परेका चालकलाई आश्रय दिने पहलमा रहेको व्यवस्थापन समितिलाई आर्थिक सहयोग प्रदान गरे। उनीहरूसँग कुराकानीमा वाहन चलाचल पूर्ण रूपले खुला नभएसम्म आवश्यक सहयोग पुऱ्याउने मन्त्री लेप्चाले थप आश्वासन दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement