विभिन्न ठाउँहरूमा अन्तर्राष्ट्रिय ड्र्ग्स विरोधी दिवस पालन

कालचिनी। आज अन्तर्राष्ट्रिय ड्र्ग्स विरोधी दिवस पालन गर्ने क्रममा अलिपुरद्वार जिल्ला पुलिस प्रशासनको आयोजनामा कालचिनी र जयगाउँको विभिन्न ठाउँहरूमा अन्तर्राष्ट्रिय ड्र्ग्स विरोधी दिवसको सचेतना कार्यक्रम सम्पन्न गरिएको जानकारी पुलिस सुत्रले जनाएका छन्। आज यस क्रममा कालचिनी थानाको तत्परतामा राईमाटाङ चियाबारीको एउटा गुम्बा परिसरमा सचेतना शिविर सम्पन्न गरिएको थियो भने सो अवसरमा अलिपुरद्वार ट्राफिक डीएसपी तेञ्जिङ भोटिया, कालचिनी सीआई पार्थ सारथी चन्दा, कालचिनी थाना प्रभारी टीएन लामा एवम् सहयोग फाउन्डेशनको सचिव पवन योल्मो र अन्यान्यको उपस्थिति रहेको थियो।
सो अवसरमा ड्रग्स लगायत मानव तस्करी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो।

अर्कोतिर यसै क्रममा आज जयगाउँ थानाको पहलमा गोपीमोहनदेखि पुलिसले जयगाउँ ब्लेश फाउन्डेशनको सहयोगितामा एउटा ऱ्यालीको पनि आयोजना गरेको थियो जसमा जयगाउँ एएसपी कुन्तल ब्यानर्जी लगायत जयगाउँ थाना प्रभारी प्रबिर दत्ता, आबकारी अधिकारी प्रकास टोप्पो लगायत जयगाउँ ब्लेस फाउन्डेशनको सञ्जोग दर्जी आदिको सहभागिता रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *