देहरादून/चम्पावत: चम्पावत जिल्लाको रीठा साहब गुरूद्वाराबाट पंजाब तर्फ गइरहेको बस हिजो अबेर राति अनियन्त्रित भएर राष्ट्रीय राजमार्ग (९) धौन नजिक दुर्घटनाग्रस्त भयो जसमा सात जना यात्री गम्भीर रूपमा घाइते भए भने १८ जनालाई सामान्य चोट लागेको छ। बसमा ५० भन्दा अधिक यात्री सवार रहेको बताइएको छ। आइतबार अबेर राति सूचना पाएर घटनास्थलमा पुगेका एसडीआरएफ, पुलिस, फायर यूनिट एवं अन्य बचाउ एकाईहरूले राहत एवं बचाउ अभियान चलाए। घटनामा घाइते भएकाहरूलाई तत्काल १०५ को माध्यमबाट जिल्ला चिकित्सालय पुऱ्याइयो।
पीबी-०३ बीएल ६२३८ नम्बरधारी बसमा ५० भन्दा अधिक यात्री सवार थिए जसमध्ये सात जना गम्भीर रूपमा घाइतेहरूलाई १०८ को माध्यमबाट उपचारको लागि हल्द्वानी पठाइयो भने १८ जना यात्रीहरूलाई जिल्ला चिकित्सालयमा प्राथमिक उपचार गरिएपछि रैन बसेरा चम्पावतमा राखिएको छ। -हिस