नयाँ दिल्ली: भारतीय जनता पार्टी (भाजपा)ले सोमबार संयुक्त प्रगतिशील गठबन्धन (युपीए) र राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को कार्यकालमाझ तुलना गर्दै भनेको छ, ‘वर्तमान सरकारले पछिल्लो सरकारको तुलनामा अधिक सरकारी भर्ती गरेको छl’ केन्द्रीय मन्त्री डा. जितेन्द्र सिंहले सोमबार भाजपा मुख्यालयमा आयोजित प्रेस सम्म्मेलनमा भने, ‘युपीए सरकारले ९ वर्षको अन्तरालमा ६,०२,०४५ नोकरी दिएको छ भने प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमा ९ वर्षको अन्तरालमा ८,८२,१९१ भर्ती गरिएको छ। एनडीए कालमा दिइएका नोकरीहरूको गुणस्तर अनि संख्या दुवै दृष्टिकोणले श्रेष्ठ छ। यो कुरा हामीले त्यसै भनेका होइनौं, आँकड़ाले नै दर्शाइरहेको छ।
उनले भने, ‘सन् २००४-१३ अवधि स्टाफ सेलेक्शन कमिशनको माध्यमबाट २,०७,५६३ अनि मोदी सरकारमा ४,००,६५१ मानिसहरूलाई नोकरी दिइएको छ। युपीएससीको माध्यमबाट युपीए कालमा ४५,४३१ र एनडीए कालमा ५०,९०६ नोकरी दिइएको छ। रेलवे रिक्रुटमेन्ट बोर्डको माध्यमबाट यूपीए शासनकालमा ३,४७,२५१ तथा एनडीए शासनकालमा ४,३०,५९४ नोकरी दिइयो। डा. जितेन्द्र सिंहले अझ भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई जागरूक बनाए, रोजगारको अर्थ सरकारी नोकरी मात्र होइन। यसैको परिणामस्वरूप आज देशमा स्टार्टअपको संख्या ३५० देखि बढ़ेर एक लाख पुगेको छ। साथै अरोमा मिशनअन्तर्गत तीन हजार एग्रिगेट स्टार्टअप शुरू भएका छन्l’ उनले भने, ‘प्रधानमन्त्री मोदीको भ्रष्टाचारलाई कुनै पनि अवस्थामा सहन नगरिने नीति छ। साथै यो सुनिश्चित गरिरहेको छ कि अधिकारीहरूले सही ढंगमा काम गरोस्। इमानदारी औ कर्तव्यनिष्ठ भएर काम गरिरहेका कर्मचारीहरूप्रति उचित व्यवहार होस् र उनीहरूलाई आफ्नो क्षमताअनुसार अवसर प्राप्त होस्l’ –हिस